पाकिस्तान : सैन्य कारबाहीमा मारिए ३० आतंककारी

हिमाल प्रेस ७ फागुन २०८१ २०:४३ | Wednesday, February 19, 2025
पाकिस्तान : सैन्य कारबाहीमा मारिए ३० आतंककारी

खैबर पख्तुनख्वा (रासस/एएनआई)- पाकिस्तानी सुरक्षा बलको सैन्य कारबाहीमा उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तानमा ३० जना आतंककारी मारिएका छन्।

इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा आतंकवादीहरूको उपस्थितिको बारेमा  गुप्तचर रिपोर्टहरू पछि मंगलबार राती अपरेसन सुरु गरेको थियो आईएसपीआरले यस क्षेत्रमा आतंककारीहरूलाई हटाउन क्लिनअप अपरेसन गरिएको बताएको छ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले कारबाहीका लागि पाकिस्तानी सुरक्षा बलको प्रशंसा गरे।

प्रकाशित: ७ फागुन २०८१ २०:४३ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast