पाकिस्तानमा आत्मघाती हमला, पाँच जनाको मृत्यु

हिमाल प्रेस १६ फागुन २०८१ १७:४३ | Friday, February 28, 2025
पाकिस्तानमा आत्मघाती हमला, पाँच जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- पाकिस्तानमा बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको छ। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोट भएको हो।

पेशावर डिभिजन कमिश्नर रियाज महसुदले विस्फोटबारे पुष्टि गरेको बीबीसीले जनाएको छ।

विस्फोटमा एक मदरसा प्रशासकको समेत मृत्यु भएको बताइएको छ। उनी सन् २००२ देखि २००७ सम्म पाकिस्तानको नेसनल एसेम्बली सदस्यसमेत थिए।

प्रकाशित: १६ फागुन २०८१ १७:४३ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast