पाइरेसीको चपेटामा ‘लाज शरणम्’ र ‘मायावी’, दिए साइबर ब्युरोमा उजुरी

हिमाल प्रेस १५ फागुन २०८१ १६:३१ | Thursday, February 27, 2025
पाइरेसीको चपेटामा ‘लाज शरणम्’ र ‘मायावी’, दिए साइबर ब्युरोमा उजुरी

काठमाडौँ- बुधवार अर्थात् फागुन १४ देखि प्रदर्शन भएका तीन फिल्ममध्ये ‘लाज शरणम्’ र ‘मायावी’ पाइरेसी चपेटामा परेका छन्। टिकटकमा फिल्मका महत्त्वपूर्ण दृश्यहरु अपलोड भएपछि दुवै टिमले साइबर ब्युरोमा उजुरी दिएका हुन्।

‘लाज शरणम्’का टिमले फिल्मको क्लिप्स अपलोड गर्नेविरुद्द १५  टिकटक एकाउन्टलाई अपलोड गरिएका दृश्य हटाउन माग गर्दै बिहीबार साइबर ब्युरोमा उजुरी दर्तासमेत गराएकाे छ। निर्माता कम्पनी जेपिटी क्रियसनको तर्फ उनीहरुले उजुरी दिएका हुन।

त्यस्तै ‘मायावी’ को पनि क्लाइमेक्स दृश्य टिकटकमा अपलोड गरिएको भन्दै लेखक तथा निर्देशक दिवाकर भट्टराईले सामाजिक सञ्जालमार्फत नराख्न आग्रह गरेका छन्।

प्रकाशित: १५ फागुन २०८१ १६:३१ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast