पाँच घण्टादेखि शिक्षक संगठनलाई सुकेधारामा पर्खंदै शिक्षक महासंघ

हिमाल प्रेस ५ फागुन २०८१ १५:४८ | Monday, February 17, 2025
पाँच घण्टादेखि शिक्षक संगठनलाई सुकेधारामा पर्खंदै शिक्षक महासंघ

काठमाडौँ- नेपाल शिक्षक महासंघको एक महत्त्वपूर्ण घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको (एनएनटीए) हिजो आइतबारदेखि ललितपुरको कुमारीपाटीस्थित आफ्नै कार्यालयमा बैठक बसिरहेको छ। यता काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा महासंघ एनएनटीएलाई पाँच घण्टादेखि कुरिरहेको छ।

दश महिना महासंघ बाहिर रहेको एनएनटीए गत माघ २२ गते सातबुँदे सहमतिपछि महासंघमा जोडिएको थियो। महासंघको महासचिव, उपमहासचिव, उपाध्यक्ष, सचिव र ६ जना राष्ट्रिय समिति सदस्यको टुंगो लगाउन एनएनटीएको बैठक बसेको हो।

एनएनटीए ती पदका शिक्षक नेताहरूकाे नामसहित टुंग्याएर आउने बाटो हेर्दै महासंघ बिहान ११ बजेदेखि पार्टी प्यालेसमा कुरिरहेको छ। एनएनटीएसहितको महासंघले माघ २२ गते आजको मितिमा महासंघ पूर्णता घोषणा कार्यक्रम तय गरेको थियो।

२२ गतेको बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नेपाल शिक्षक महासंघको २०८१ वैशाख १० गते सम्पन्न दोस्रो नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको पूर्णतासहितको घोषणासभा आगामी मिति २०८१ फागुन ५ गते महासंघमा आवद्ध/सम्बद्ध पेसागत संस्थाहरूका प्रतिनिधिहरूसहितको बृहत् उपस्थितिमा विगतको आन्दोलनकोसमीक्षासहित घोषणा गर्ने।’

शिक्षक महासंघका एक केन्द्रीय सदस्यले भने,‘एनएनटीएको बैठक चलिरहेको छ भन्ने खबर पाएका छौं। हामी बिहानदेखि कुरिरहेका छौं। निर्णय लिएर उहाँहरू कतिखेर आउनुहुन्छ थाहा छैन।’

एनएनटीएका महासचिव हंकबहादुर शाहीले आज निर्णय आउने जानकारी दिए। उनले भने, ‘हाम्रो संगठनबाट महासंघमा जाने साथीहरूको टुंगो लगाउँदै छौं। विगतको आन्दोलनसहित जिल्ला जिल्लाबाट रिपोर्टिङ पनि भइरहेको छ। आजै निर्णय गर्छौं।’

आन्दोलनका कार्यक्रम भताभुंग पारेर नेताको दैलो चहार्दै शिक्षक महासंघ

प्रकाशित: ५ फागुन २०८१ १५:४८ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast