पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड चैत २ हुने

हिमाल प्रेस ४ फागुन २०८१ ११:०९ | Sunday, February 16, 2025
पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड चैत २ हुने

भक्तपुर- पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड आगामी चैत २ गते आयोजना हुने भएको छ। मध्यपुरथिमि नगरपालिकास्थित दुई पोखरीमा अवार्डको आयोजना गरिएको एपिक नेपाल म्युजिकले जनाएको छ।

मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार यस वर्ष ३२ विधामा अवार्ड वितरण गरिनेछ।
प्रत्येक वर्ष आयोजना भइरहेको अवार्ड समारोह आगामी वर्षदेखि दुई वर्षको अन्तरालमा गर्ने निर्णय भएको निवर्तमान नगरप्रमुख श्रेष्ठले बताए। ‘प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्ड अब दुई वर्षमा आयोजना गरिने छ। छैटौँ संस्करणको अवार्ड वितरण २०८३ मा हुनेछ।’ उनले भने।

श्रेष्ठका अनुसार यसवर्ष लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई प्रदान गरिनेछ। सदावहार नायकको अवार्डमा भुवन केसी, रियल हिरो पल शाह, पत्रकार सम्मानमा ऋषि धमला र युवा पत्रकार सम्मान ऋषि थपलियालाई प्रदान गरिनेछ।

त्यस्तै, लोकगीततर्फ गायक, गायिका, शब्द, लय, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, नृत्य निर्देशक, म्युजिक एरेन्जर, भिडियो छायाकार, भिडियो सम्पादक, नवगायक, नवगायिका, नवमोडल पुरुष, नवमोडल महिला अवार्ड प्रदान गरिने छ।

आधुनिकतर्फ गायक, गायिका, संगीतकार, गीतकार, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, लोकपप गायक, टेलिफिल्म कलाकार, शृंगार, भाषाभाषी पुरुष कलाकार, भजन गायक, गीतकार डयास्पोरा, भाषाभाषी गायिका, नवप्रतिभा, सर्वोत्कृष्ट खलपात्र, सर्वोत्कृष्ट फिल्म गायकलगायतलाई अवार्ड प्रदान गरिने छ।

प्रत्येक विधामा उत्कृष्टमा पाँच जनाको नाम छनोट भएको र जुरीमार्फत सर्वोत्कृष्ट एक छनोट गरी अवार्डका प्रदान गर्ने श्रेष्ठले बताए। निर्णायकमण्डलमा कलाकार मिथिला शर्माको नेतृत्वमा निर्देशक सुब्रत आचार्य, गायक चन्द्र शर्मा, निर्देशक प्रकाश भट्ट र गायिका प्राश्ना शाक्य गठन गरिएको छ।

प्रकाशित: ४ फागुन २०८१ ११:०९ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast