पशुपति क्षेत्रमा चल्दैन माछामासु र मदिरा

हिमाल प्रेस १२ फागुन २०८१ ६:३३ | Monday, February 24, 2025
पशुपति क्षेत्रमा चल्दैन माछामासु र मदिरा

काठमाडौँ- पशुपति क्षेत्र आसपास माछामासु र मदिरा निषेध गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जानकारी दिएको हो।

सूचनामा भनिएको छ,‘महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवं दिव्य रूपमा सम्पन्न गर्न भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्य समेतलाई मध्यनजर गरी यही मिति २०८१/११/१२ गतेदेखि मिति २०८१/११/१५ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ ।’

प्रकाशित: १२ फागुन २०८१ ६:३३ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast