परराष्ट्रमन्त्री राणा जेनेभा जाँदै

हिमाल प्रेस ९ फागुन २०८१ १८:५४ | Friday, February 21, 2025
परराष्ट्रमन्त्री राणा जेनेभा जाँदै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा। फाइल तस्बिर।

काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन शनिबार स्वीट्जरल्याण्डको जेनेभा जाने भएकी छन्।

उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुनेछ। मन्त्री राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनको विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसंघीय निकाय र अन्तरराष्ट्रिय संगठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउन पहल गर्ने बताइएको छ।

उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्। उनी फागुन १६ गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ फागुन २०८१ १८:५४ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast