परराष्ट्रमन्त्री देउवा र इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग

हिमाल प्रेस ५ फागुन २०८१ १४:५७ | Monday, February 17, 2025
परराष्ट्रमन्त्री देउवा र इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग

काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवा र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच सोमबार ओमनको मस्कटमा भेटवार्ता भएको छ।

आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवा र इरानी विदेशमन्त्रीबीच भेटावर्ता भएको हो।

वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो। साथै त्यस अवसरमा मन्त्री देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गरेकी थिइन्।

हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै उनले केही दिनअघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी गरेकी थिइन्।

सोमबार भएको भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए। नेपाली युवा विपिनलाई हमास समूहबाट रिहा गराउन आफूले सक्दो पहल गर्ने आस्वासन उनले दिएका थिए।

सन् २०२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई रिहा गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ। यसक्रममा मन्त्री देउवाले आइतबार कतारका विदेश राज्यमन्त्रीसँग आग्रह गरेकी थिइन्।

यसका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ। मन्त्री देउवाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छन्।

प्रकाशित: ५ फागुन २०८१ १४:५७ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast