नेसपा (नयाँ शक्ति) महाधिवेशन : उपाध्यक्षमा मानुषी र महासचिवमा जीएस, पछि हटे कृष्ण शर्मा

हिमाल प्रेस २८ माघ २०८१ १९:३४ | Monday, February 10, 2025
नेसपा (नयाँ शक्ति) महाधिवेशन : उपाध्यक्षमा मानुषी र महासचिवमा जीएस, पछि हटे कृष्ण शर्मा

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रज्ञा प्रतिष्ठानमा जारी प्रथम महाधिवेशनमा पार्टीका विभिन्न पदमा उम्मेदवारी दर्ता सुरु भएको छ। यसअघि पार्टीको प्रसारप्रचार तथा आइटी विभागको जिम्मेवारी सम्हाल्दै आएकी मानुषी यमी भट्टराई उपाध्यक्षको प्रमुख दाबेदार भएकी छन्।

पार्टी उपाध्यक्षमा मानुषी आउँदा महासचिवमा भने जीएस गुरुङको चर्चा छ। गुरुङ पार्टी प्रवास प्रदेशका संयोजक थिए। पार्टी पदाधिकारीसहित केन्द्रीय सदस्यमा प्रत्यक्ष निर्वाचनको व्यवस्था छ। निर्वाचनबाटै मानुषी उपाध्यक्ष र गुरुङ महासचिवमा पक्काजस्तै भएको महाधिवेशन प्रतिनिधिहरू बताउँछन्।

महासचिवको दाबी गरेका सोनामसिंह स्याङ्तान पनि उपाध्यक्ष निश्चितजस्तै भएको छ भने महासचिवका अर्का दाबेदार ईश्वर रिजाल सचिव उम्मेदवारको चर्चा छ। कृष्ण शर्मा भने महासचिव पदबाट पछि हटेका छन्। यसअगाडि पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा महाधिवेशन पछि पनि सोही पदमा रहने उनी आफैँले संकेत गरेका छन्।

अध्यक्ष पदमा डा.बाबुराम भट्टराईसँग युवा नेता नेत्र चापागाईं भिड्ने पक्का भएको छ। आफूले उम्मेदवारी दर्ता गर्न लागेको उनले हिमालप्रेसलाई बताए। उनले भने, ‘मेरो उम्मेदवारी दर्ता हुन्छ। कुनै हालतमा फिर्ता हुँदैन। म अडिग छु।’

त्यसैगरी पार्टीको केन्द्रीय सदस्यका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन्। जसमध्ये पनि युवाको बाहुल्यता अत्यधिक छ। १६०० सय महाधिवेशन प्रतिनिधिसामु उम्मेदवारहरूले मत माग्न सुरु गरिसकेका छन्।

प्रकाशित: २८ माघ २०८१ १९:३४ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast