नेसपा (नयाँ शक्ति) को तोकिए विभाग प्रमुख, ९ केन्द्रीय सदस्य मनाेनीत [नामावलीसहित]

हिमाल प्रेस ११ फागुन २०८१ १६:२४ | Sunday, February 23, 2025
नेसपा (नयाँ शक्ति) को तोकिए विभाग प्रमुख, ९ केन्द्रीय सदस्य मनाेनीत [नामावलीसहित]

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले विभाग प्रमुख, केन्द्रीय सदस्य र प्रदेश उत्प्रेरक (इन्चार्ज) तोकेको छ। पार्टीको आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले परिषद् एवम् आयोग र आंगिक संगठन प्रमुखको जिम्मेवारी पनि तोकेको हो।

पार्टी केन्द्रीय सदस्यमा ९ जना मनोनीत भएका छन्। मनोनीत केन्द्रीय सदस्यहरूमा  सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धन ब. गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी छन्।

यसैगरी, पार्टीले ६ वटा विभागका प्रमुखको जिम्मेवारी टुंगो लगाएको छ। जसअनुसार प्रशिक्षण विभाग प्रमुखमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, संगठन विभाग प्रमुखमा महासचिव सोनाम सिं स्याङ्तान, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा उपाध्यक्ष मानुषी यमि भट्टराई, प्रवक्ता एवं प्रचारप्रसार विभाग प्रमुखमा कृष्ण शर्मा, सामाजिक अभियान एवं जनपरिचालन विभाग प्रमुखमा जी एस गरुङ र आर्थिक व्यवस्थापन विभाग प्रमुखमा हरि रिजाल तोकिएका छन्।

प्रदेश उत्प्रेरक (इन्चार्ज) हरूमा कोशीमा भरत दाहाल, मधेशमा उमेश साह, बागमतीमा आशाकुमारी तामाङ, गण्डकीमा फणीन्द्र देवकोटा, लुम्बिनीमा हरि रिजाल, कर्णालीमा टेकम बाठा मगर, सुदूरपश्चिममा दुर्गा सोब, प्रवासमा मानुषी यमि भट्टराई र भारत प्रवासमा लक्ष्मण कार्की रहेका छन्।

पार्टीले ६ वटा परिषद् एवं आयोगमा जिम्मेवारी तोकेको छ। सल्लाहकार परिषद्‌ अध्यक्ष भक्तबहादुर शाह, विज्ञ परिषद्‌ अध्यक्ष हिसिला यमि, अनुशासन आयोग प्रमुख मोती रिजाल, निर्वाचन आयोग प्रमुख रामकुमार पुरी, लेखा आयोग प्रमुख डा.जनक शाह र पुनरावेदन समिति संयाेजक विष्णुहरि शर्मा छन्।

संघीय परिषद्को अध्यक्ष केन्द्रीय समिति अध्यक्ष डा. बाबुराम भट्टराई तोकिएका छन्। यसले विधान अधिवेशनको काम गर्नेछ। केन्द्रीय समिति र अन्य केन्द्रीय संरचनाका प्रमुखहरू पदेन सदस्य रहने गरी बाँकी सदस्य १६५ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने र १० प्रतिशत मनोनीत हुने बताइएको छ।

पार्टीका आंगिक संगठनअन्तर्गत महिलामा सिर्जना रिजाल, किसानमा अमृककुमार पुरी, मजदुरमा तेजलाल कर्ण, युवामा जेकेन्द्र श्रेष्ठ, विद्यार्थीमा रुपनारायण श्रेष्ठ, आदिवासी जनजातिमा डीबी लिम्बू, दलितमा गजाधर सुनार र उद्योग व्यवसाय छन्द पन्थी रहेका छन्। पार्टी केन्द्रीय कार्यालय प्रमुमा अर्जुन थपलिया रहेका छन्।

प्रकाशित: ११ फागुन २०८१ १६:२४ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast