![नेसपा (नयाँ शक्ति) को महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले कति मत ल्याए? [सूचीसहित]](https://himalpress.com/wp-content/uploads/2025/02/nayashakti-nsp-himalpress.jpg) 
                             
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। चुनावी प्रतिस्पर्धामा भट्टराईले ७६१ र चापागाईँले ७३ मत ल्याए।
महासचिवमा सोनामसिंह स्याङ्तान विजयी भएका छन्। उनले जिएस गुरुङलाई पराजित गरे। स्याङ्तानले ४०९ मत ल्याए भने गुरुङले ३७९ मत।
उपाध्यक्षहरूमा मानुषी यमी भट्टराई, दुर्गा सोब निर्विरोध भए। उपाध्यक्षमा ईश्वर रिजाल ३९३, टेकबहादुर बाठामगर ३१९, उमेश शाह ३९५ मत ल्याए। केन्द्रीय समितिका ९९ मध्ये ९ जना मात्र मनोनयन गर्ने नयाँ शक्तिको विधानमा व्यवस्था छ।
कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्विरोध भएका छन्। ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो। नवनिर्वाचित कार्यसमितिले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएको छ।
सूची

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 