नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट भट्टराई भारी मतले अध्यक्षमा निर्वाचित

हिमाल प्रेस १ फागुन २०८१ १६:१६ | Thursday, February 13, 2025
2
SHARE
नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट भट्टराई भारी मतले अध्यक्षमा निर्वाचित

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट डा.बाबुराम भट्टराई भारी मतले केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार सम्पन्न नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट डा.भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्।

केन्द्रीय अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो। भट्टराईसँगै अर्का उम्मेदवार नेत्र चापागाईँ थिए। १३२४ महाधिवेशन प्रतिनिधिले चुनावमा भाग लिएका थिए। जसमा  ८२२ मत खसेको थियो।

उक्त मतमध्ये अध्यक्षका उम्मेदवार डा.भट्टराई ६८२ र चापागाईँ ७१ मत ल्याएको नेता कृष्ण शर्माले जानकारी दिए। उनको भनाइमा विभिन्न देशबाट अनलाइन भोटिङ प्रणालीमार्फत भएको मत गन्न बाँकी छ।

नेता शर्माले नेसपा (नयाँ शक्ति) को अध्यक्षमा डा.भट्टराई भारी मतले निर्वाचित हुने देखिएको जानकारी दिए।

महाधिवेशनबाट २१ जना निर्विरोध निर्वाचित भइसकेका छन्। ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७८ पदका लागि मतदान भएको थियो।

नेसपा (नयाँ शक्ति) मा २० नेता निर्विरोध निर्वाचित, उपाध्यक्षमा दुर्गा सोब र मानुषी यमि भट्टराई

प्रकाशित: १ फागुन २०८१ १६:१६ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast