 
                             
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट प्रकाशबहादुर क्षेत्री (प्रकाश केसी) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
केसी नेसपा (नयाँ शक्ति) को प्रवास प्रदेश केन्द्रीय सदस्य खुलाबाट ३६० मत ल्याएर निर्वाचित भएका हुन्। उनले नरबहादुर पुनलाई पराजित गरे। पुनले ३१६ मत ल्याएका थिए।
बाग्लुङ बिनामारेका केसी नयाँ शक्तिका संस्थापक सदस्य पनि हुन्। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आफूमा पार्टीप्रतिको जिम्मेवारी बढेको बताउँदै अब सशक्त ढंगले संगठन विस्तार लाग्ने केसीले बताए।
पार्टीले महाधिवेशनमा प्रवासमा रहेका सदस्यहरूलाई अनलाइन भोटिङ प्रणाली प्रयोग गरेर मतदानको व्यवस्था गरेकोमा खुसी व्यक्त गर्दै यसले अरु पार्टीका लागि उदाहरण प्रस्तुत गरेको केसीले बताए।
नवनिर्वाचित केन्द्रीय सदस्य केसीले अब स्वदेश तथा विदेशमा रहेका नेपालीलाई पार्टीमा जोड्दै देशको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने प्रतिबद्धतासमेत जनाए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 