काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शकित्) को प्रज्ञा प्रतिष्ठानमा जारी प्रथम महाधिवेशनमा ललितपुर जिल्लाबाट चार जनाले उपाध्यक्ष र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
केन्द्रीय उपाध्यक्ष (आदिवासी जनजाती) मा दलबहादुर लिम्बू, केन्द्रीय सदस्य (बाग्मती प्रदेश) मा मदन महर्जनको उम्मेदवारी रहेको छ।
त्यस्तै युवा केन्द्रीय सदस्य (आदिवासी जनजाती) मा ई.कृष्ण महर्जन र केन्द्रीय सदस्य (खस आर्य) मा विष्णुराज खड्का रहेका छन्।
प्रकाशित: २९ माघ २०८१ १०:४३ | Tuesday, February 11, 2025
प्रतिक्रिया





