नेसपा (नयाँ शक्ति) केन्द्रीय प्रचार विभाग गठन, प्रमुखमा शर्मा

हिमाल प्रेस १५ फागुन २०८१ १७:०९ | Thursday, February 27, 2025
नेसपा (नयाँ शक्ति) केन्द्रीय प्रचार विभाग गठन, प्रमुखमा शर्मा

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय प्रचार विभाग गठन गरिएको छ। केन्द्रीय कार्यालय तीनकुनेमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईको उपस्थितिमा गठन गरिएको विभागको पहिलो बैठक पनि बसेको छ। गत माघ २७–२९ मा सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनपछि केन्द्रीय प्रचार विभाग गठन गरिएको हो।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख कृष्ण शर्माको अध्यक्षतामा बसेको बैठकले विभाग विस्तारका साथै पार्टीका गतिविधि, एजेन्डा, धारणा, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र पार्टीका नेताहरूमार्फत जनतासम्म पुर्‍याउन विभागका सबैको कार्यविभाजन गरिएको छ।

विभाग प्रमुख शर्मा, सचिव केशवराज अर्याल, सदस्यहरू विदुर ढुंगेल, रुपनारायण श्रेष्ठ, अर्जुन थपलिया, अमित खनाल, रेखी गुरुङ, विकास लामिछानेले पत्रपत्रिका, सामाजिक सञ्जाल, अनलाइन माध्यम, श्रव्यदृश्य माध्यमलाई पार्टीका गतिविधि, वैकल्पिक एजेन्डा जानकारी गराउने, समन्वय गर्ने, सूचना प्रवाह गराउने, सामग्री उत्पादन गर्ने आदि जिम्मेवारी पाएका छन्।

प्रकाशित: १५ फागुन २०८१ १७:०९ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast