काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को जारी महाधिवेशनमा बन्दसत्र सुरु भएको छ। आजबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनमा बन्दसत्र सुरु भएको हो।
उक्त सत्रमा संयोजक डा.बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रचारप्रसार विभाग प्रमुख मानुषी यमि भट्टराईले जानकारी दिइन्।
नेसपा नयाँ शक्ति महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष मण्डल गठन गरिएको छ। अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोब, सिर्जना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी रहेका छन्।
३२ पृष्ठको राजनीतिक प्रतिवेदनमा डा.भट्टराईले वैकल्पिक नयाँ शक्ति निर्माणका लागि वैचारिक र साङ्गठनिक आधारहरू प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदनको शीर्षक नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक शक्तिको औचित्य र आधार रहेको छ।
यस्तो छ प्रतिवेदन




