‘धरान रन’ को उपाधि केन्याली धावकलाई

हिमाल प्रेस १० फागुन २०८१ १५:०० | Saturday, February 22, 2025
‘धरान रन’ को उपाधि केन्याली धावकलाई

सुनसरी – केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’ को उपाधि चुमेका छन्। शनिबार सम्पन्न १३ औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन्।

दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरे भने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो।
धावकद्वयलाई नगद ६० हजार पुरस्कार प्रदान गरिएको छ।

पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन्। उनीहरूलाई पनि समान नगद ४० हजार पुरस्कार प्रदान गरिएको छ।

धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। उनीहरुलाई नगद ३० हजार प्रदान गरिएको थियो। प्रतियोगितामा चार हजार धावक सहभागी थिए।

प्रकाशित: १० फागुन २०८१ १५:०० | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast