देवेन्द्र पौडेलको प्रश्न, कुलमानको के गल्ती छ?

हिमाल प्रेस १२ फागुन २०८१ १४:२० | Monday, February 24, 2025
देवेन्द्र पौडेलको प्रश्न, कुलमानको के गल्ती छ?

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले कुलमान घिसिङलाई पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकको सोमबार शून्य समयमा बोल्दै पौडेलले उज्यालो नेपाल बनाउन मुख्य भूमिका खेल्ने कुलमान घिसिङलाई पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन्।

उनले लोडसेडिङ हटाएर, उज्यालो नेपाल बनाएर र घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर कुलमानले के गल्ती गरे भन्दै प्रश्न गरे। उनले कुलमानलाई हटाउनको साटो सम्मान गर्न सुझाव दिए। पौडेलले बिजुलीको बक्यौता नतिर्नेको लाइन काटिनुपर्नेमा जोड दिए। पौडेलले ऊर्जामन्त्रीको विरोध गर्नेलाई छानी छानी हटाउने काम भएको भन्दै आक्रोश व्यक्त गरे।

 

प्रकाशित: १२ फागुन २०८१ १४:२० | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast