दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्न सांसद सिंहको माग

हिमाल प्रेस १२ फागुन २०८१ १४:४२ | Monday, February 24, 2025
दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्न सांसद सिंहको माग

काठमाडौँ– सांसद अमरेशकुमार सिंहले दातृ निकायबाट आएका रकमबारे श्वेतपत्र जारी गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगिता प्रस्ट पार्न सरकारसँग माग गरेका हुन्।

‘विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा जसले पनि जहाँ पनि लगानी गर्न पाउने व्यवस्था के हो? गैरसरकारी क्षेत्रबाट कति रकम आयो र कुन क्षेत्रमा खर्च भयो त्यो सदनले थाहा पाउनुपर्छ,’ उनले भने।

यसको नियमनका लागि २०७४ सालमा राज्य व्यवस्था समितिबाट राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार भएको उल्लेख गर्दै उनले एनओजी र आइएनजीओबाट आएको पैसाबारे सरकारले श्वेतपत्र जारी गर्न माग गरे। सांसद सिंहले मुलुकलाई ग्रे–लिस्टमा पर्नुको कारण समेत सरकारसँग माग गरे।

प्रकाशित: १२ फागुन २०८१ १४:४२ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast