 
                             
                                            काठमाडौँ- त्रिदेशीय टी २० शृंखलामा नेपालले थाइल्यान्डविरुद्ध टस हारेको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा थाइल्यान्डकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिइन्। नेपाली टोलीमा २ परिवर्तन भएको छ ।
गत आइतबार नेदरल्यान्ड्सविरुद्ध खेलेको नेपाली टोलीमा रहेकी रेवती धामी र सिता राना मगर बेन्चमा रहेका छन्। थाइल्यान्डविरुद्धको खेलका लागि रोमा थापा र रचना चौधरीले मौका पाएकी छिन्।
                            प्रकाशित: २२ माघ  २०८१ १२:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 