‘ताण्डवम्’ मा आमाको महत्वलाई समेटेको छु: अंकित खड्का

हिमाल प्रेस ५ फागुन २०८१ १८:०९ | Monday, February 17, 2025
‘ताण्डवम्’ मा आमाको महत्वलाई समेटेको छु: अंकित खड्का

काठमाडाैँ- महाशिवरात्रि अर्थात् फागुन ९ देखि हलमा फिल्म ‘ताण्डवम्’ प्रदर्शनमा हुँदैछ। फिल्ममा नवविवाहित जोडीको उतारचढावको कथा प्रस्तुत गरेको टिमको दाबी छ। फिल्मका निर्देशक जुनिम गहतराज हुन्।

पारिवारिक, एक्सन र थ्रीलर जनरामा बनेको फिल्ममा मुख्यपात्रका रुपमा कलाकार अंकित खड्का छन्। फिल्मको कथावस्तु र क्यारेक्टर मन परेर आफूले फिल्ममा काम गरेको उनी बताउँछन्।

‘फिल्मको स्क्रिप्ट पाएपछि कथावस्तु मन पर्यो। फिल्ममा मेरो नाम ‘घैटे’ हो। उसले आमाको माया पाएको छैन। उसको आमाप्रतिको सोच नै फरक छ। आमाको माया नपाएको मान्छे कस्तो हुन्छ?, उसको व्यवहार, आमाजस्तो देखिनेहरुसँग किन समस्या छ? यस्तै कुरा यो पात्रले निभाएको छ। मेराे पात्रमार्फत आमाको महत्वलाई पनि फिल्मले समेटेको छ।’ उनले भने।

अंकितले आफूलाई उक्त क्यारेक्टर निभाउन निकै गाह्रो भएको अनुभव सुनाए। फिल्म सुटिङकै क्रममा आमाको निधन भएकाले पनि आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै संघर्ष गर्नु परेको उनको अनुभव छ।

‘मलाई धेरै नै गाहे भयो। सुटिङकै बेला आमा पनि बित्नु भयो। आमालाई गाली गर्नुपर्ने छ। आमा शब्द एउटा पृथ्वी हो, पृथ्वीलाई कसरी गाली गर्ने? मेरो क्यारेक्टर नै आमालाई गाली गर्ने थियो यसमा असहज त लागेको थियो।’

सबै क्यारेक्टरमा काम गर्नु नै कलाकारको धर्म भएकाले यो गर्छु त्यो गर्दिन भन्न नहुँने उनको बुझाई छ। तथापी उनले नयाँ टिमसँग काम गर्न पाउँदा नयाँ कुरा सिक्ने अवसर पाएको उनले बताए।

‘प्रत्येक फिल्ममा केही न केही नयाँ हुन्छ। निर्देशक नयाँ हुनुहुन्छ, सिनेमा लभस्टोरी, एक्सन थ्रीलर हो। साथीको कथा र मायाप्रेम पनि यसमा छ,’ उनले भने, ‘मध्यम वर्गीय परिवारको कथा छ।’

प्रकाशित: ५ फागुन २०८१ १८:०९ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast