तस्बिरमा कृषि : गोलभेँडादेखि सुपारीसम्म

हिमाल प्रेस ९ फागुन २०८१ ९:५० | Friday, February 21, 2025
तस्बिरमा कृषि : गोलभेँडादेखि सुपारीसम्म दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा महेश पौडेलले गरेको व्यवसायिक गोलभेँडा खेतिका लागि मल्चिङ बनाउँदै महिला कामदार। पौडेलले तेरौटेमा २० बिगाह जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तराकरी खेती गर्दै आएका छन्।
दाङको घोराही उपमहानगरपालिका–७ स्थित खेतमा पहेँलपुर तोरी।
नेपालगन्जको जयसपुरमा बन्दागोभीखेती।
इलामको माई नगरपालिका–२ डिपुडाँडा क्षेत्रमा किसानले लगाएको सुपारीखेती। सुपारी खेतीप्रति पछिल्लो समय किसानको आकर्षण बढेको छ।
बाँकेस्थित नेपालगन्ज उपमहानगरपालिका–२० मा व्यावसायिकरूपमा गरिएको ड्रागन फ्रुटखेती। पछिल्लो समय यसको माग बढेसँगै बाँकेमा व्यावसायिक खेती सुरु हुन थालेको छ।
सुनसरीको इनरुवा नगरपालिका–९ मा सूर्यमुखीखेती गोडमेल गर्दै किसान। सूर्यमुखी फूल एक कट्ठा जमिनमा दुईदेखि अढाई मन उत्पादन हुने किसान बताउँछन्।
इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसानको बगानमा फुलेको अम्रिसो। अम्रिसोले यो वर्ष उचित मूल्य नपाएको किसानको गुनासो छ। अहिले प्रतिकिलो ४५ देखि ५० सम्ममा अम्रिसो किनबेच भइरहेको छ।

तस्बिरहरू : रासस

प्रकाशित: ९ फागुन २०८१ ९:५० | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast