ठमेलमा प्रहरीलाई हातपात गर्ने दुई युवा नियन्त्रणमा

हिमाल प्रेस २८ माघ २०८१ १०:४६ | Monday, February 10, 2025
ठमेलमा प्रहरीलाई हातपात गर्ने दुई युवा नियन्त्रणमा

काठमाडौँ- नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाइबुझाइ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए। ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए।

उनीहरूले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए। प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ। उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ।

प्रकाशित: २८ माघ २०८१ १०:४६ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast