ट्रेन्डिङमा ‘पिताम्बर’ को गीत ‘म त फ्यान भए यार’

हिमाल प्रेस ३० माघ २०८१ ११:३८ | Wednesday, February 12, 2025
ट्रेन्डिङमा ‘पिताम्बर’ को गीत ‘म त फ्यान भए यार’

काठमाडौँ- फिल्म ‘पिताम्बर’ को गीत ‘म त फ्यान भए यार’ युट्यबको ट्रेन्डिङमा परेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नहुँदै म्युजिकतर्फ ट्रेन्डिङ २१ मा परेको छ।

गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर छ। आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलले संगीत भरेका छन्।

तराईमा छायांकन गरिएको गीतमा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का र दिव्या रायमाझीको नृत्य प्रस्तुत गरिएको छ। दरबारीया शैलीमा तयार पारिएको सेट उत्कृष्ट देखिएको छ। भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन्।

निर्माता विशाल चौलागाईंका अनुसार गीतका लागि भारतबाट सेटसहित कामदार ल्याइएको थियो। ‘तराईको लोकेसनमा फिल्म खिचिएकाले त्यहाँको माहोलमा सेट तयार गरेका हौँ। गीत छायांकन हुँदा झण्डै ६ हजार स्थानीय भेला भएका थिए। क्यामराको फ्रेममा स्थानीय पर्ने सम्भावना उत्तिकै थियो तर स्थानीयलाई फ्रेममा नदेखिनेगरी निकै चुनौतीपूर्ण रुपमा गीतको काम सक्याैँ’, निर्माता विशालले भने।

प्रदीप र दिव्यासँगै फिल्ममा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले अभिनय गरेका छन्।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको छ। फिल्म आगामी चैत २९ मा प्रर्दशन हुनेछ।

फिल्मकी निर्देशक कृषा चौलागाईं हुन्। फिल्म ‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन्। फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद लेखन छ।

विशाल चौलागाईं निर्माता रहेको फिल्मको सह-निर्मातामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं छन्। कार्यकारी निर्मातामा सुमन गौतम छन्।

पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशनमा बनेको छ। फिल्म आरआर फिल्मसले वितरण गर्दैछ।

प्रकाशित: ३० माघ २०८१ ११:३८ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast