ट्रम्प र पुटिनबीच डेढ घण्टा फोनवार्ता

हिमाल प्रेस १ फागुन २०८१ १३:५८ | Thursday, February 13, 2025
ट्रम्प र पुटिनबीच डेढ घण्टा फोनवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन।

काठमाडौँ- डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा दोस्रोपल्ट प्रवेशपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलोपटक सम्पर्क भएको छ। ट्रम्पले रुसी समकक्षी पुटिनसँग टेलिफोनमा लामो वार्ता गरेको र त्यो अत्यन्तै उपयोगी रहेको समाचार एजेन्सी एएफपीले जनाएको छ। ट्रम्पले पुटिनसँग चाँडै भेटवार्ता हुने विश्वास व्यक्त गरेका छन्।

उनले पुटिनसँग ‘लामो र अत्यन्त उत्पादक’ फोन वार्ता गरेको घोषणा गर्दै युक्रेन युद्ध अन्त्यका लागि तत्काल वार्ता सुरु हुने बताएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘हामीले युक्रेन, मध्यपूर्व, ऊर्जा, कृत्रिम बौद्धिकता, डलरको शक्ति र विभिन्न अन्य विषयमा छलफल गरेका छौँ।’ साथै उनले पुटिनसँग एकअर्काको राष्ट्रहरूमा यात्रा गर्ने र अत्यन्त नजिकै काम गर्ने सहमति जनाएको उल्लेख गरेका छन्।

वार्ता अत्यन्तै मैत्रीपूर्ण भएको दाबी गरिएको छ। दुवै पक्षले युक्रेन युद्धका लागि उपाय खोज्न प्रतिबद्धता जनाएका छन्। उनीहरूले युक्रेन युद्ध समाप्त गर्ने योजना बनाएका र राष्ट्रपतीय भ्रमणको आदानप्रदान गर्ने सहमति जनाएको समाचारमा उल्लेख छ। २० जनवरीमा अमेरिकाको राष्ट्रपति पद सम्हाल्नुअघि ट्रम्पले युक्रेन युद्ध २४ घण्टामा रोक्ने दाबी गरेका थिए।

रुस र युक्रेनबीच लगभग तीन वर्षदेखि जारी युद्ध छिटो अन्त्य गर्नका लागि ट्रम्पले दबाब दिँदै आएका छन्। ट्रम्पले पुटिनसँग भेटघाटको योजनाबारे ओबल अफिसमा पत्रकारहरूसँग भने, ‘हामीलाई आशा छ कि उनी यहाँ आउनेछन् र म त्यहाँ जानेछु। हामी सम्भवतः साउदी अरबमा पहिलोपटक भेट गर्नेछौँ। ट्रम्पले उक्त भेट धेरै टाढा नरहेको बताए। दुई नेताबीचको भेटमा साउदी राजकुमार मोहम्मद बिन सलमान पनि यसमा सहभागी हुने कार्यक्रम छ।

रुसको राष्ट्रपति कार्यालय क्रेमलिनले ट्रम्प र पुटिनले डेढ घण्टा लामो वार्ता गरेको जनाएको छ। दुवै नेता सँगै काम गर्न सहमत भएका छन्। साथै पुटिनले ट्रम्पलाई मस्को भ्रमणका निम्ता दिएका छन्।

ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीसँग पनि फोनमा वार्ता गरेका छन्। जेलेन्स्कीले ट्रम्पसँग अर्थपूर्ण वार्ता भएको बताए।

यूक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रीय येरमाकले टेलिभिजनमा प्रसारित सन्देशमा जेलेन्स्की र ट्रम्प दुवै पक्षलाई छिट्टै उच्चस्तरीय टोली बनाउन सहमत भएको बताए। उनले यसबाट शान्ति सम्झौताका लागि प्रयास गर्नेछ।

येरमाकका अनुसार जेलेन्स्की र अमेरिकी अधिकारीहरूबीच् म्युनिख सुरक्षा सम्मेलनमा वार्ता गर्ने कार्यक्रम छ। सम्मेलन १४–१६ फेब्रुअरीमा हुने छ। वार्तामा अमेरिकाका उपराष्ट्रपति जेडी वैन्स र परराष्ट्रमन्त्री मार्क रुबियो पनि सहभागी हुनेछन्।

प्रकाशित: १ फागुन २०८१ १३:५८ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast