ट्रम्प प्रशासनले यूएसडका कर्मचारीलाई पठायो बिदामा

हिमाल प्रेस १२ फागुन २०८१ १५:०५ | Monday, February 24, 2025
ट्रम्प प्रशासनले यूएसडका कर्मचारीलाई पठायो बिदामा

काठमाडौँ – अमेरिकामा ट्रम्प प्रशासनले यूएसएडका अधिकांश कर्मचारीलाई बिदामा पठाइएको छ भने कतिपयलाई जागिरबाट निकालेको छ।

यूएसएडका चार हजार २ सय कर्मचारीलाई बिदामा पठाइएको छ। त्यस्तै एक हजार ६ सय कर्मचारीलाई जागिरबाट निकालिएको छ।

पुनः काममा फर्काइने कर्मचारीको संख्याबारे अझै यकिन नरहेको बताइएको छ।

ट्रम्प प्रशासनअन्तर्गत एलन मस्क प्रमुख रहेको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ को योजनाअनुसार यूएसएडका कर्मचारीहरूलाई बिदामा पठाइएको वा जागिरबाट निकालिएको हो।

मस्क प्रमुख रहेको विभाग सरकारको खर्च कटौति गर्न कर्मचारी घटाउने प्रयासमा जुटेको छ।

अमेरिकाको एक फेडरल न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामाथि रोक लगाइदिएको थियो। अदालतले शुक्रबार यो रोक स्थायी नभएको बताएको थियो।

यूएसएडको स्थापना सन् १९६१ मा भएको थियो जसमा अमेरिकामा करिब १० हजार कर्मचारी काम गरिरहेका थिए।

प्रकाशित: १२ फागुन २०८१ १५:०५ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast