ट्रम्पले गरे युक्रेनका राष्ट्रपति जेलेन्स्कीको प्रशंसा

हिमाल प्रेस १६ फागुन २०८१ १६:१८ | Friday, February 28, 2025
ट्रम्पले गरे युक्रेनका राष्ट्रपति जेलेन्स्कीको प्रशंसा

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति ब्लादिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्। व्हाइट हाउसमा भेटवार्ताअघि ट्रम्पले उनको प्रशंसा गरेका हुन्।

जेलेन्स्कीका लागि उनको मनमा ज्यादै सम्मान रहेको उनले बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिनअघि जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका थिए। जेलेन्स्कीलाई ‘तानाशाह’ भनेकोमा आफूलाई विश्वास नलागेको उनले बताएका छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ‘ज्यादै बहादुर व्यक्ति’ को संज्ञा दिएका छन्। ब्रिटेनका प्रधानमन्त्री किएर स्टार्मरसँग युक्रेन र रूसबीच युद्ध अन्त्य गर्ने विषयमा भएको कुराकानीपछि ट्रम्पले यस्तो बताएका हुन्।

शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको छलफल राम्रो रहने ट्रम्पले विश्वास व्यक्त गरेका छन्। युक्रेन र रूसबीच शान्ति कायम गर्ने प्रयास तीब्र गतिले अगाडि बढिरहेको उनको भनाइ छ।

प्रकाशित: १६ फागुन २०८१ १६:१८ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast