काठमाडौँ- समुद्र सतह देखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्याङमा पहिलोपटक मोटरसाइकल पुगेको छ। राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ। भारतको विराटनगर रानीबाट तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ। दुई सय ९२ किलोमिटर लामो यो सडक भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ।
                            प्रकाशित: १९ माघ  २०८१ १७:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


