 टंकप्रसाद धमला
                             टंकप्रसाद धमला 
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान महासचिव टंकप्रसाद धमला केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
बिहीबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार केन्द्रीय सदस्य खस आर्य युवाबाट धमला ३४१ मतका साथ निर्वाचित भए।
मोहन्याल-७, कैलालीका धमलाले ९ जना प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएका हुन्। धमालासँगै खस आर्य युवामा इन्द्र सिलवाल ३०४ मत, सन्तोष बाराकोटी २६५ मत र प्रकाश भट्टराई २८६ मत ल्याएर निर्वाचित भए। लोकप्रसाद ढकाल, प्रकाश सापकोटा, राम भण्डारी, धर्मराज न्यौपाने र शिवहरी थापा पराजित भए।
निर्वाचित भएपछि धमलाले अमूल्य मत दिएर आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधि, प्रस्तावक नारायण नागिला र समर्थक सुनिल धिताललगायत प्रचारप्रसारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
नवनिर्वाचित केन्द्रीय सदस्य धमलाले पार्टीलाई देशको वैकल्पिक शक्ति बनाउन संगठन विस्तार र पार्टीका एजेन्डाबारे बुझाउन जनतासम्म पुग्ने बताए।
उनले महाधिवेशनबाट नेसपा (नयाँ शक्ति) साँच्चिकै वैकल्पिक शक्तिको रूपमा उदाएको बताउँदै यसमा आबद्ध भई देश समृद्धिमा लाग्न आह्वान समेत गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 