‘झिँगेदाउ’ को सिक्वेल बनाउँदै निर्देशक देउजा

हिमाल प्रेस २९ माघ २०८१ १५:४५ | Tuesday, February 11, 2025
‘झिँगेदाउ’ को सिक्वेल बनाउँदै निर्देशक देउजा

काठमाडौँ- निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’को सिक्वेल बनाउने घोषणा गरेका छन्। संगीतकार अर्जुन पोखरेलले संगीतलाई सांगीतिक जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’ को प्रि-प्रोडक्सन सुरु भएको निर्देशक देउजाले जानकारी दिए।

फिल्ममा पुरानै कलाकार दोहोरिने उनले बताए। ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्ट मुख्य भूमिकामा थिए। उनीहरुका अलवा केही कलाकार थप्ने निर्देशक देउजाको तयारी छ। पहिलो भागको अन्त्यबाट नै सिक्वेलको कथा गर्ने उनले बताए।

वैशाख दोस्रो सातादेखि फिल्मको छायांकन गर्ने टिमको तयारी छ। बिष्णु कल्पितले फिल्मको छायांकन गर्नेछन्। कपनगढी सिनेमाको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन्। अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ।

प्रकाशित: २९ माघ २०८१ १५:४५ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast