जुम्लामा १२ वडा बालविवाहमुक्त घोषणा

हिमाल प्रेस ८ फागुन २०८१ ११:११ | Thursday, February 20, 2025
जुम्लामा १२ वडा बालविवाहमुक्त घोषणा

जुम्ला- आठवटा स्थानीय तहका ६० वडामध्ये १२ वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ। हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो।

बुधबार एक कार्यक्रमबीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाहमुक्त घोषणा भएका हुन्।

यहाँका स्थानीय तहले प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वोदय नेपाल,किर्डाक, आइएनएफलगायतका गैरसरकारी संघसंस्थासँगको सहकार्यमा ती वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।

दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारको लक्ष्यअनुसार मुलुकलाई सन् २०३० सम्ममा बालविवाहमुक्त गर्न ती संस्थासँग सहकार्य भएको उनको भनाइ छ।

प्रकाशित: ८ फागुन २०८१ ११:११ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast