काठमाडौँ- जुम्लामा बुधबार दोस्रोपटक भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो ।
पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो। यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो। उर्थु चौतारा केन्द्रविन्दु रहेको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो।
प्रकाशित: १ फागुन २०८१ ६:३७ | Thursday, February 13, 2025
प्रतिक्रिया




