जस बटलरले छोडे इंग्ल्यान्डको कप्तानी

हिमाल प्रेस १६ फागुन २०८१ २१:१२ | Friday, February 28, 2025
जस बटलरले छोडे इंग्ल्यान्डको कप्तानी जोस बटलर

काठमाडौँ- इंग्ल्यान्डका ब्याटर जोस बटलरले एकदिवसीय र टी–२० क्रिकेट टिमको कप्तानी छोडेका छन्।

पाकिस्तानमा जारी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया र अफगानिस्तानसँग हार बेहोरेपछि बटलरले कप्तानी छाड्ने घोषणा गरेका हुन्। यद्यपि च्याम्पियन्स ट्रफीअन्तर्गत शनिबार दक्षिण अफ्रिकाविरूद्धको खेलमा भने उनले इंग्ल्यान्ड टिमको कप्तानी गर्नेछन्।

अस्ट्रेलिया र अफगानिस्तानसँग लगातार दुई म्याच हारेपछि इंग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ।

बटलर जुन २०२२ मा इंग्ल्यान्ड टिमको कप्तान नियुक्त भएका थिए। उनले ४४ एकदिवसीय म्याचमा इंग्ल्यान्ड टिमको नेतृत्व सम्हालेका छन्। जसमध्ये इंग्ल्यान्डले १८ म्याच जितेको छ भने २५ मा हार बेहोर्नु परेको थियो। एक खेल परिणामविहीन रहेको थियो।

त्यस्तै टी–२० क्रिकेटमा बटलरले ५१ म्याचमा कप्तानी गरेका थिए। जसमध्ये इंग्ल्यान्डले २६ म्याच जितेको छ भने २२ मा हार बेहोर्नु परेको थियो। तीन म्याच परिणामविहीन रहेका थिए।

इंग्ल्यान्ड क्रिकेट टिमले पछिल्लो २१ एकदिवसीय म्याचमध्ये १५ मा हारको सामना गरेको छ। बटलरले आफ्नो क्रिकेट करियरमा १८६ अन्तर्राष्ट्रिय म्याच र १३४ टी–२० म्याच खेलेका छन्।

प्रकाशित: १६ फागुन २०८१ २१:१२ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast