जन्ती पुर्‍याएर फर्केको बस काभ्रेमा पल्टियो, एकको मृत्यु, ३ घाइते

हिमाल प्रेस ८ फागुन २०८१ ९:१३ | Thursday, February 20, 2025
जन्ती पुर्‍याएर फर्केको बस काभ्रेमा पल्टियो, एकको मृत्यु, ३ घाइते

काठमाडौँ- काभ्रेमा जन्ती पुर्‍याएर फर्केको बस दुर्घटना भएको छ। तेमाल गाउँपालिका ३ कुन्डोलमा बिहीबार बिहान ५:४० बजे कच्ची घुम्ती सडकमा ना ४ ख ८८१७ नम्बरको बस पल्टिएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस धादिङमा जन्ती पुर्‍याएर फर्कँदै थियो। कच्ची सडकमा मोड्ने क्रममा बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेकै तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामासिंह तामाङ छन्। चालक मकवनपुरको बागमती गाउँपालिका-५ का कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि धुलीखेल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ।

प्रकाशित: ८ फागुन २०८१ ९:१३ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast