जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

हिमाल प्रेस १५ फागुन २०८१ २१:२१ | Thursday, February 27, 2025
जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु फाइल तस्बिर।

झापा– जंगली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ। हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।

चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँस काट्न गएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताए।

मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित: १५ फागुन २०८१ २१:२१ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast