 
                             
                                            काठमाडौँ- दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘हरिबहादुरको जुत्ता’को मुहूर्तसहित छायांकन सुरु भएको छ।
भक्तपुरको सुर्यविनायक मन्दिरमा पूजा गर्दै काभ्रेको पनौती नगरपालिकास्थित साँखुबाट फिल्मको छायांकन सुरु गरिएको निर्देशक खनालले जानकारी दिए।
काभ्रेसहित काठमाडौँमा गरी ४५ दिन फिल्म छायांकन गर्ने तालिका छ। हरिवंश आचार्यको लेखन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा देखिनेछन्। उनले हरिबहादुरकै पात्रमा अभिनय गर्नेछन्।
उनीसँगै फिल्ममा प्रकाश सपूत, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, मुरलीधर लगायत कलाकारको पनि अभिनय रहनेछ। सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्ने भनिएको फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्नेछ।
                            प्रकाशित: २१ माघ  २०८१ १४:५७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![यस्ताे छ ‘हरिबहादुरको जुत्ता’ काे ट्रेलर [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/haribahadurko-jutta.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 