छायांकनमा अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’

हिमाल प्रेस २ फागुन २०८१ १२:२३ | Friday, February 14, 2025
छायांकनमा अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’

काठमाडौँ- गायक तथा संगीतकार टंक बुढाथोकीले बनाउने फिल्म ‘मन बिनाको धन’ को शुभ मुहर्तसँगै छायांकन सुरु भएको छ। कोटेश्वरस्थित महादेव मन्दिरमा शुक्रबार पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माण टिमले जनाएको छ।

चर्चित गीत ‘मन बिनाको धन’ शीर्षकमा बन्ने फिल्मको मुख्य कलाकार बाल गायक अशोक दर्जी छन्। दर्जीले पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’मार्फत जीवन नै परिवर्तन गरेका छन्। दर्जी हाल काठमाडौँमा कक्षा ८ मा अध्ययनरत छन्।

दर्जीसँगै फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल र विजय डंगोलको अभिनय रहनेछ।

टंककै कथा तथा निर्देशनमा बन्ने फिल्मकाे पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। सामाजिक विषयवस्तुमा बन्ने फिल्मकानिर्माता बिष्णु माया मैनाली हुन्।

चलचित्रमा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहनेछ। फिल्मको प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र अर्जुन पोखरेल छन्।

प्रकाशित: २ फागुन २०८१ १२:२३ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast