च्याम्पियन्स ट्रफी २०२५ : विजेता टिमलाई कति पुरस्कार?

हिमाल प्रेस २ फागुन २०८१ १५:१३ | Friday, February 14, 2025
च्याम्पियन्स ट्रफी २०२५ : विजेता टिमलाई कति पुरस्कार?

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टिमले पाउने पुरस्कार राशिको घोषणा गरेको छ। आईसीसीले शुक्रबार पुरस्कार राशि घोषणा गरेको हो।

च्याम्पियन्स ट्रफी विजेता टिमले २२ लाख ४० हजार डलर प्राप्त गर्ने आईसीसीले आफ्नो वेबसाइटमा जानकारी दिएको छ। त्यस्तै दोस्रो हुने टिमले ११ लाख २० हजार डलर पाउने छ। सेमिफाइनलमा पराजित हुने टिमहरूले पाँच लाख ६० हजार डलर प्राप्त गर्नेछ।

१९ फेब्रुअरीदेखि सुरू हुन लागेको च्याम्पियन्स ट्रफी २०२५ मा आठ टिम सहभागी हुनेछन्। प्रतियोगिताको फाइनल खेल ९ मार्चमा हुनेछ। चार–चार टिम रहने गरी आठ टिमलाई दुई समूहमा बाँडिएको छ।

च्याम्पियन्स ट्रफीको समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड रहेका छन्। त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन्।

प्रतियोगिताको उद्घाटन खेल समूह ‘ए’ मा रहेका पाकिस्तान र न्युजिल्यान्डबीच हुनेछ।

यसपटकको च्याम्पियन्स ट्रफी ‘हाइब्रिड’ मोडलमा हुन लागेको हो। भारतीय टिम पाकिस्तान जान अस्वीकार गरेपछि आईसीसीले ‘हाइब्रिड’ मोडलमा च्याम्पियन्स ट्रफी आयोजना गर्ने निर्णय गरेको हो।

यसपालि च्याम्पियन्स ट्रफी पाकिस्तान र यूएईमा हुनेछ। सन् २०१७ मा भएको पछिल्लो च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो।

प्रकाशित: २ फागुन २०८१ १५:१३ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast