च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल रद्द

हिमाल प्रेस १४ फागुन २०८१ ६:४२ | Wednesday, February 26, 2025
च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल रद्द

काठमाडौँ- आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल रद्द भएको छ। पाकिस्तानको रावलपिन्डीमा तय खेल वर्षाका कारण टस नै नभइ रद्द भएको हो।

यससँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्। यसअघि दुवै टोलीले पहिलो खेलमा जित निकालेका थिए। अस्ट्रेलियाले इंग्ल्यान्डलाई हराएको थियो भने दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि जित दर्ता गरेको थियो।

समूह ‘ए’ बाट भने भारत र न्युजिल्यान्ड अन्तिम खेलअघि सेमिफाइनल पुगिसकेका छन्। समूहबाट बंगलादेश र पाकिस्तान समूहको अन्तिम खेलअघि बाहिरिएका थिए।

प्रकाशित: १४ फागुन २०८१ ६:४२ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast