चार देशका मुद्रासहित अमेरिकी नागरिक पक्राउ

हिमाल प्रेस ४ फागुन २०८१ १३:३८ | Sunday, February 16, 2025
चार देशका मुद्रासहित अमेरिकी नागरिक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको चार देशका मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई पक्राउ गरेको छ।

बाटिक एयरको उडानद्वारा काठमाडौँबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा शनिबार पक्राउ गरिएको हो।

जाँचका क्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिङ्गापुर डलर, १२ हजार इन्डोनेसियन रुपैयाँ, १०० मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ थान फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

प्रकाशित: ४ फागुन २०८१ १३:३८ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast