ग्यास सिलिन्डर विस्फोट भएर मृत्यु हुनेको संख्या तीन पुग्यो

हिमाल प्रेस २ फागुन २०८१ २१:१५ | Friday, February 14, 2025
ग्यास सिलिन्डर विस्फोट भएर मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौँ- काठमाडौँको कमलपोखरीस्थित एक मम पसलमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएकामध्ये अर्का एक जनाको पनि शुक्रबार मृत्यु भएको छ।
उदयपुरको उदयपुरगढी गाउँपालिका-७ घर भइ हाल काठमाडौँ महानगरपालिका-२८ कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए।

तामाङको अपराह्न कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। गत बिहीबार कमलपोखरीस्थित सानदार म पसलमा ग्यास चुहिएर आगलागी हुँदा ११ जना घाइते भएका थिए। आठजनाको सोही अस्पतालमा उपचार जारी छ।

यसअघि सोमबार मकवानपुरको मनहरि गाउँपालिका-५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका-८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगर (नवीन) को उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित: २ फागुन २०८१ २१:१५ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast