ग्याल्पो ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्रीले लेखे : सबैको जय होस्

हिमाल प्रेस १६ फागुन २०८१ ८:१७ | Friday, February 28, 2025
ग्याल्पो ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्रीले लेखे : सबैको जय होस् केपी ओली । फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट उनले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।

‘आज ग्याल्पो ल्होछार,नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन्। ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना! सबैको जय होस्’, पृष्ठभूमिमा हिमाल पारेर शेर्पा समुदायको परम्परागत पोसाक लगाएका एक महिला र पुरुषको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन्। तस्बिरमा ‘ह्याप्पी ल्होसार’ पनि लेखिएको छ।

प्रकाशित: १६ फागुन २०८१ ८:१७ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast