कांग्रेस-एमाले गठबन्धन कायमै रहे माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

हिमाल प्रेस १४ फागुन २०८१ १६:४८ | Wednesday, February 26, 2025
कांग्रेस-एमाले गठबन्धन कायमै रहे माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ सालसम्म वर्तमान गठबन्धन जारी रहे माओवादीलाई नै फाइदा पुग्ने दाबी गरेका छन्। प्रेस सेन्टर मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफूहरु वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको बताए। उनले २०८४ साल सम्म वर्तमान गठबन्धन जारी रहे आफूहरूलाई फाइदा पुग्ने बताएका हुन्।

प्रचण्डले आफूहरूलाई सरकारको लोभ नभएको बताउँदै वर्तमान गठबन्धन अस्वाभाविक, अपवित्र र कृत्रिम भएकाले आफ्नै कारणले अहिलेको सरकार ढल्ने दाबी गरे।

अध्यक्ष प्रचण्डले सुशासन, स्थायीत्व र भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अपरिहार्य रहेको धारणा राखे। वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रसँग मेल खाने शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएकाले यसमा आफूहरु लागिपरेको उनले बताए।

प्रचण्डले आफूहरुको अभियान २०८४ मा बहुमत ल्याउने गरी सञ्चालन गरिएको बताउँदै अब एमाले र कांग्रेससँग कुनै पनि हालतमा गठबन्धन नहुने स्पष्ट पारे। अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई थप सशक्त बनाई एउटै पार्टी परिवर्तन गर्ने गरी तयारी गरिरहेको पनि जानकारी दिए। उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना हुँदै नभएकाले आफूले पूर्वराजाको अभिव्यक्तिलाई महत्त्व नदिएको जिकिर प्रचण्डको छ।

प्रकाशित: १४ फागुन २०८१ १६:४८ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast