पर्सा- भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत १५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन्।
केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन्।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका १५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन्।
बिहीबार बेलुका नै वीरगन्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए।
लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ।
प्रकाशित: ९ फागुन २०८१ ११:१२ | Friday, February 21, 2025
प्रतिक्रिया





