कुम्भबाट फर्किँदै गरेको कार दुर्घटना, तीन नेपालीको मृत्यु

हिमाल प्रेस ५ फागुन २०८१ १५:३० | Monday, February 17, 2025
कुम्भबाट फर्किँदै गरेको कार दुर्घटना, तीन नेपालीको मृत्यु

काठमाडौँ- भारतको कुम्भ मेलाबाट फकिँदै गरेको कार दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ। कार दुर्घटनामा श्रीमान–श्रीमतीसहित तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन्।

दुर्घटना उत्तर प्रदेशको आजमगढ जिल्लाको रानी सराय थाना क्षेत्रमा आजमगढ–वाराणसी राजमार्गमा भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेमा रूपन्देहीको देवदह नगरपालिका–९ का ४५ वर्षीय गणेश खनाल उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्मा रहेका छन्।

त्यस्तै दुर्घटनामा कार चालक २१ वर्षीय ऋतिक दुबे, ३५ वर्षीया कोपिला देवकला देवी, २५ वर्षीय अविशंकर र २२ वर्षीय शुभम पोखरेल घाइते भएका छन्।

आजमगढ अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई थप उपचारका लागि गोरखपुर पठाइएको बताइएको छ।

कुम्भ स्नान गरेर प्रयागराजबाट फर्किँदै गरेको कारका चालक निदाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: ५ फागुन २०८१ १५:३० | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast