कालिमाटीमा १२ रुपैयाँमा पाइन्छ बन्दा, काउली र फर्सी

हिमाल प्रेस ३ फागुन २०८१ ९:४१ | Saturday, February 15, 2025
कालिमाटीमा १२ रुपैयाँमा पाइन्छ बन्दा, काउली र फर्सी

काठमाडौँ- केही दिनयता तरकारीजन्य बस्तुको मूल्य खच्किएको छ। राजधानीका विभिन्न स्थानमा तरकारी विनियोजन गर्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकमा केही तरकारी एकदमै सस्तिएका छन्। सस्तिने तरकारीमा बन्दा, काउली र फर्सी रहेका छन्। यी तरकारीको दर १२ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

कालिमाटीमा आज ठूलो नेपाली र भारतीय दुवै गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २५, करेला ८५, हरियो फर्सी १२ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी भिन्डी ९५, सायोको साग १२, पालुंगोको साग ४५, कन्य च्याउ ११०, डल्ले च्याउ ३७५, ब्रोकाउली २५, लौका ५५, घिरौँला ९५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा २०, रातो आलु ३४, तराईको गाँजर २५, लोकल बन्दा १२, तराईको बन्दा ११, नरिवल बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ३ फागुन २०८१ ९:४१ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast