काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस
काठमाडौँ- कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २० रुपैयाँ, आलु रातो प्रतिकेजी ३७ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६५ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ४० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी १५ रुपैया कायम भएको छ।
यसैगरी, मटरकोसा प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ, घिउसिमी (राजमा) प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: २७ माघ २०८१ ८:४२
प्रतिक्रिया



