कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्यहरू मनोनीत गरेका छन्।
केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई प्रमुख रहेको विभागमा देउवाले १० जना सदस्य मनोनीति गरेका हुन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम सदस्यहरू मनोनीत भएका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवाले समितिका सदस्यहरूमा जमुनादेवी पोख्रेल (सुनसरी), प्रवेश चौधरी (धनुषा), प्रकाशकुमार नेपाल (रुपन्देही), संगीताकुमारी थारू (बाँके), केदारनाथ पौडेल (बर्दिया), रामप्रसाद सुवेदी (चितवन), नरबहादुर विश्वकर्मा (सुर्खेत), उमेश केसी (बाग्लुङ), होमबहादुर कुँवर (कञ्चनपुर) र राजकुमार गुरुङ (चितवन)लाई मनोनीत गरेका छन्।
प्रकाशित: १२ फागुन २०८१ १७:५१ | Monday, February 24, 2025
प्रतिक्रिया



