कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस १२ फागुन २०८१ ८:२७ | Monday, February 24, 2025
कति छ आज तरकारीको मूल्य?

काठमाडौँ- कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकेजी २२ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २३ रुपैयाँ, आलु रातो प्रतिकेजी ३४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७३ रुपैयाँ कायम गरिएको छ।

गाजर (लोकल) प्रतिकेजी ३५ रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी १५ रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी १२ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी १२ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २५ रुपैयाँ, काउली (तराई) प्रतिकेजी रुपैयाँ २० कायम भएको छ ।

प्रकाशित: १२ फागुन २०८१ ८:२७ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast