फाइल तस्बिर
कञ्चनपुर- बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज (आइतबार) पाटेबाघ मृत फेला परेको छ। सडेगलेको अवस्थामा बाघ फेला परेको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब १३ वर्ष उमेरको हो। ‘अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,’ उनले भने।
खरमा आगो लाग्दा बाघको शरीरको आधा भाग जलेको उनले बताए। झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएका थिए। समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेले बताए।
प्रकाशित: २० माघ २०८१ १९:३६ | Sunday, February 2, 2025
प्रतिक्रिया





